देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रेशम चौधरीलाई आम माफी दिनेगरी पठाएको निवेदन सुझाव सहित गृह मन्त्रालयमा फिर्ता

देशान्तर

काठमाडौं । राष्ट्रपतिको कार्यालयले रेशम चौधरीलाई आम माफी दिनेगरी पठाएको निवेदन सुझाव सहित गृह मन्त्रालयमा फिर्ता पठाएको छ ।
सरकारका तर्फबाट गृहमन्त्रालयले टिकापुर घटनामा जिल्ला अदालत हुँदै उच्च र सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका रेशम चौधरीलाई राजनीतिक मुद्दा भनेर गणतन्त्र दिवसका अवसरमा आममाफी दिनेगरी राष्ट्रपतिलाई पत्राचार गरेको थियो ।

उक्त पत्र फिर्ता गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई प्रचलिन कानुन र स्थापित सिद्धान्त विरुद्ध नजान सुझाव दिएका छन् ।
पत्रमा प्रचलित कानुन, यससम्बन्धमा अदालतबाट भएका फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरित नहुनेगरी कानुनबमोजिम गर्नु,भनिएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिएका छन् ।

सरकारले सर्वोच्च अदालतबाट अन्तिम फैसला हुँदा जन्म कैद सदर भएलगत्तै रेशमलाई आम माफी दिने प्रस्तावसहितको पत्र राष्ट्रपति कार्यालय पठाएको थियो । उक्त पत्र राष्ट्रपतिले सुझावसहित फिर्ता पठाएका हुन् । साथै टिकापुर घटनामा हत्या भएका प्रहरी निरिक्षक केशव बोहोराकी पत्नी शारदा बोहोराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई गृह मन्त्रालयमा कार्याथ पठाइएको छ ।