देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा कांग्रेसले तीन दिन झन्डा आधा झुकाउने

देशान्तर

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाजकल्याण पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा तीन दिन आधा झण्डा झुकाउने भएको छ । कांग्रेसले बिहीबारसम्म तीन दिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो । बुधबार केन्द्र तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोक पुस्तिकाहरू राख्ने र १३ औं दिनमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

पाण्डेको निधनमा सभापति शेरबहादुर देउवाले दुख ब्यक्त गरेका छन् । ‘उनको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलन तथा महिला हक अधिकारका लागि उहाँले पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ,’ उनले भनेका छन् । पाण्डेको निधनले कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको पनि देउवाले बताए ।