देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड नयाँ दिल्लीमा : विदेश राज्यमन्त्री मीनाक्षीद्वारा स्वागत

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी हुन् ।

बुधवार दिउँसो १ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधि मण्डल भारत प्रस्थान गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी भारत गएका हुन् ।