देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खड्का कार्यवाहक प्रधानमन्त्री

देशान्तर

काठमाडौ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमणमा रहेकाले उपप्रधानमन्त्री खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

प्रचण्ड सरकारमा कांग्रेस उपसभापति समेत रहेका खड्का दोस्रो वरियतामा छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्काले कार्यवाहक तोकेका हुन् । प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्काले गर्नेछन्।