काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । आजको बैठकमा पनि सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुँने कार्यसूचि रहेको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा ब्यवस्था गरिएका कतिपय करका दर र नयाँ ब्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोध गरेका छन् ।
बजेटमाथि आज पनि सांसदहरुले आ आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबारदेखि बजेट माथि छलफल भएको हो । यसैबीच अहिले राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहनु भएको छ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।





प्रतिक्रिया