काठमाडौं । कोशी नामकरणसँग असन्तुष्ट रहेकाहरुसँग संवाद गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट मुख्यमन्त्री हिक्मत कुमार कार्कीले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वो नेतृत्वको तीन सदस्य रहेको समिति गठन गरेका हुन । समितिमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता तथा कृषि मन्त्री भक्तिप्रसाद सिटौला सदस्य छन् ।
केहि दिन अगाडि सरकारले असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो ।गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरको थियो । त्यसको विरोधमा पहिचान पक्षधरहरु आन्दोलनमा छन् । आन्दोलनकै क्रममा चैत १० गते पदम लिम्बुको मृत्यु भएको थियो ।





प्रतिक्रिया