देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली प्रति प्रचण्डको कटाक्ष : आफू प्रधानमन्त्री हुँदा के चाहिँ गरे ?

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले संसदमा राखेको अखण्ड भारतको नक्साबारे भ्रमणको क्रममा उठाएको दाबी गरेका छन्। राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै नक्साबारे आफूले सोधिखोजी गरेको बताए।
प्रधानमन्त्री दाहालले बैठकलाई भ्रमणका मुख्य–मुख्य उपलब्धिहरू सुनाएका थिए् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्ली स्थित हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण रहेको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले सो अवसरमा व्यापार, पारवहन, लगानी प्रवर्धन, ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, सीमा वारपार सम्पर्क बढाउन रेलवे सेवा सञ्चालन कार्य, पुल निर्माण तथा एकीकृत जाँच चौकी एवं सुक्खा बन्दरगाहजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा छलफल भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सीमाको विषयमा राजनीति मात्र बढाएर समस्या हल नहुने पनि बताए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले भारत भ्रमणको बेला सीमाको विषयमा केही गरिनस् भन्नेले आफू प्रधानमन्त्री हुँदा के चाहिँ गरे भन्दै प्रतिप्रश्न गरे । उनले कनिकुथी सकिनसकि विरोध गर्नुको औचित्य नभएको बताए । प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच्च अदालतले मान्यता दिने विश्वास पनि व्यक्त गरेका छन्। विगतमा पटक पटक प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्चको फैसलाबाट पुनर्स्थापित भएको भन्दै नागरिकता ऐन पनि अदालतले नरोक्ने विश्वास व्यक्त गरेका हुन्।

१७ जेठमा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध परेको एक रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २१ जेठमा उक्त विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यो विषयमा २६ जेठमा दुबै पक्षलाई छलफलमा बोलाएको छ।