देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति पौडेललाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।
राष्ट्रपति पौडेलमा दम र ग्यास्ट्रिकको समस्या छ । छाति दुख्ने समस्या देखिएपछि उनलाई मंगलबार बिहान ७ बजे गंगालाल हृदय रोग केन्द्र लगिएको थियो ।

अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली राष्ट्रपति पौडेलेको उपचारमा संलग्न छ । उनलाई भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा भर्ना गरिएको छ । पौडेलेको एन्जिओग्राम गरिएको छ । प्रारम्भिक रिपोर्ट राम्रै भए पनि चिकित्सकले उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखेका छन् । चिकित्सकको सुझाव अनुसार राष्ट्रपति पौडेल आज अस्पतालमै बस्न छन् ।