देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१२ बर्ष पछि संस्कृत विश्वविद्यालयको दिक्षान्त समारोह आज

देशान्तर

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको दिक्षान्त समारोह १२ वर्ष पछि आज हुदैँछ ।

विश्वविद्यालयले २०६८ सालयता १२ वर्षपछि पाँचाै दीक्षान्त समारोह आयोजना गर्न लागेको हाे ।

आज दाङको बेलझुण्डीमा हुने पाँचौँ दीक्षान्त समारोहमा विश्वविद्यालयका ५७५  जना विद्यार्थीहरू दीक्षित हुनेछन्।

दिक्षान्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्ड आज दाङ जाँदैछन्।

संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा आयोजना हुने पाँचौँ दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नका लागि विश्वविद्यालयका कुलपति प्रधानमन्त्री दाहाल आज दाङ जान लागेका हुन् ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेका अनुसार २०६७ सालदेखि २०७६ सालसम्म शास्त्री, एक वर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह(विएएमएस), आचार्य र विद्यावारिधि उत्तीर्ण गरेका चार हजार सात सय ७३ जनामध्ये दीक्षितका लागि आवेदन दिएका पाँच सय ७५ जना विद्यार्थीहरू दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रसाद लामिछानेका अनुसार प्रधानमन्त्री दाहालले दिक्षित बिद्यार्थीहरुलाई प्रमाणपत्र तथा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।