देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोशी प्रदेशद्वारा ३६ अर्व २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत

मधेश प्रदेश सरकारले बजेट भोलि सार्वजनिक गर्ने

देशान्तर

काठमाडौं। कोशी प्रदेश सरकारले आर्थीक वर्ष २०८०/८१का लागि ३६ अर्व २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थीक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत सो बजेट ल्याएका हुन् ।
प्रस्तुत बजेटमध्ये १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार चालू तर्फ विनियोजन गरिएको छ । यस्तै, पूँजीगत तर्फ १८ अर्ब २३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्कीले बताए । यस अघि कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका थिए ।दुई अध्यादेश जारी भएसँगै कोशी सरकारलाई बजेट ल्याउन बाटो खुलेको हो । कोशी प्रदेश सरकारले हिजो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै गए रातिबाट संसद अन्त्य भएको छ ।
मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भोलि सार्वजनिक गर्ने भएको छ ।आजको प्रदेशसभा बैठकमा अर्थमन्त्रालयले पठाएको बजेटबारे पत्र सभामुख रामचन्द्र मण्डलले पढेर सुनाए । अर्थमन्त्रालयले बजेट प्रस्तुतका लागि समय मागेकोमा सभामुख मण्डलले असार १ गते साँझ ५ बजेका लागि प्रदेशसभा बैठक डाकेका हुन् ।
अगामी आर्थिक वर्षको बजेट करिब ३५ अर्बको हाराहारीमा हुने बताइएको छ । बजेटमा कृषि क्षेत्रलाई बढी प्राथमिकता दिने अर्थमन्त्री यादवले बताएका छन् ।