देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वानएक्स बेट कारोबारी आरोपमा पक्राउ परेकालाई ४ दिन हिरासतमा राख्न अनुमति

देशान्तर

काठमाडौं । वानएक्स बेट प्रकरणमा पक्राउ परेका कलाकारहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको समय दिएको छ ।
बिहीबार अदालतले उनीहरुमाथि अनुसन्धानका लागि चार दिन म्याद थप्ने अनुमति दिएको हो ।
वानएक्स बेटमा प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

पक्राउपरेका कलाकारहरुमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे राजु पौडेल राजुमास्टर, पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र रहेका छन् ।
युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । यहि प्रकरणमा अन्य करिव ७ जना कलाकार तथा युट्युबर पनि अनुसन्धानको घेरामा रहेको प्रहरीले जनाएको छ ।

महाशाखाले बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले उनीहरुलाई म्याद थप गर्ने तयारी गरिरहेको छ ।
नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को (२) को उपदफा (१) को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।