देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्तारुढ चार दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

देशान्तर

काठमाडौँ । सत्तारुढ चार दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आज समाजवादी मोर्चा नेपालको घोषणा हुने भएपछि चार दलका शीर्ष नेता बसेर छलफल गरिरहेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव विप्लव सहभागी छन् । माओवादीबाट महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा लगायत नेताहरु बैठकमा सहभागी छन् ।

समाजवादी मोर्चाको अन्तिम हस्ताक्षर गर्न चार दलका शीर्ष नेताहरु बसेको बालुवाटार स्रोतले जनाएको छ । मोर्चालाई अन्तिम रुप दिएपछि दिउँसो ३ बजे राष्ट्रियसभामा घोषणासभा हुने भएको छ । तर, मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नसमेटिने भएको छ । वामदेव गौतमले भने एमालेमै फर्किने निर्णय गरी सकेका छन् । प्रभु साह नेतृत्वको आमजनता पार्टीले मोर्चामा सामेल नहुने बताइसकेको छ ।
सोमबार घोषणा हुने समाजवादी मोर्चाले १५ बुँदे साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता आइतबार नै तय गरेको छ ।
दलहरूले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुने सहमति गरेका बताइएको छ ।