देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया :अवस्था सामान्य

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ ।
काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार राष्ट्रपतिको मुटुको शल्यक्रियापछि पेसमेकर राखिएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । राष्ट्रपति पौडेलको मुटुको चालमा समस्या देखिएपछि गएको शुक्रबार राति सो अस्पतालमा भर्ना गरिएको थियो ।