देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहसहित ४ जनाको अवस्था गम्भीर

देशान्तर

काठमाडौं ।  सवारी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जयपृथ्वी बहादुर सिंहसहित ४ जनाको अवस्था गम्भीर रहेको छ । मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह, बुहारी नाता पर्ने जयादेवी सिंह , अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको र चालक धर्मराज जोशीको अवस्था मध्यम रहेको छ ।

उनीहरुको उद्दार गरेर उपचारका लागि केदारस्युँ गाउँपालिका-१ देउरास्थित ऋृतु पोलिक्लिनिकमा लगिएको छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।  गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।