देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोरखामा जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

देशान्तर

गोरखामा एउटा जीप दुर्घटना हुदाँ पाँचजनाको मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको हो ।

राती १ बजेको आसपासमा दुर्घटनामा परेको सो जीपमा १९–२० जना सवार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक ९डिएसपी० लिलाराज लामिछानेका अनुसार सो जीपमा सवार घाइते १२ जनालाई भने आबुखैरेनी अस्पतालमा लगिएको छ ।

बिहेको लागि टिकोटालो गरेर फर्किने बितिक्कै केटा पक्षको जिप दुर्घटनामा परेको जनाइएको छ । बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर मात्रै अगाडी पुगे पछि सो जीप दुर्घटनामा परेको थियो । मृतकको पहिचान खुल्न बाँकी छ ।