देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा बैठक बस्दैँ

देशान्तर

प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक ११ बजे बिहान बोलाईएको छ । आजको बैठकमा आर्थिक बिद्येयक २०८० माथी छलफल हुनेछ भने सो बिद्येयक माथी प्राप्त संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बिद्येयक २०८० पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने बिद्येयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सो राष्ट ऋण उठाउने बिद्येयक २०८० माथी प्राप्त संसोधनहरुलाई निणयार्थ प्रस्तुत गरिनेछ भने सो बिद्येयक पारित गरियोस भन्ने प्रस्ताव पेश हुने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख छ ।