काठमाडौं । कोरियाबाट फर्केका यात्री छवी लाल भण्डारी (दामु दाई)को सामान हराएको र साथै २ वटा मोवाइल ल्याएवापत भंसार तिर्नुपरेको गुनासो प्रति नेवानीले आफ् ध्यानाकर्षण भएको जनाएको छ । निगमका सह प्रवक्ता गणेश कुमार घिमिरेद्वार जारी घटनाबारे निगमको ध्यानाकर्षण भएको उल्लेख छ ।
यस सम्वन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको समेत गम्भीर चासो रहेको र यात्रुलाई तत्काल न्याय दिन निर्देशन दिएको उल्लेख गर्दै नेपाल वायुसेवा निगमले आवश्यक अनुसन्धान गर्दा यात्रु कोरियन एयरलाइन्स (KE695) बाट मिति २०८०/०३/१५ मा यात्रा गरेको तर ब्यागेज हराएको सम्वन्धमा नियमानुसार ब्यागेज क्लेम डेस्क (Baggage Claim Desk) तथा सम्वन्धित एयरलाइन्ससँग दावी/ रिपोर्ट (Complain) नगरेको पाइएको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।
स्वयंम यात्रुले नै सामाजिक संजालबाटै ब्यागेज भेटिएको जानकारी गराएको र मोवाइल ल्याएवापत भंसार तिर्नुपरेको गुनासोको सम्वन्धमा उक्त विषय नेपाल वायुसेवाको कार्यक्षेत्र अन्तर्गत पर्ने नभई अर्थ मन्त्रालयको त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल भंसार कार्यालय अन्तर्गत पर्ने स्पष्ट पारिएको छ ।
यदि कसैले ब्यागेज प्राप्त नभएको अवस्थामा सम्वन्धीतArrival तर्फ Custom भन्दा अगाडि रहेको ब्यागेज क्लेम डेस्क (Baggage Claim Desk) मा रिर्पोट गर्नुपर्ने प्रक्रिया रहेको पनि यात्रुवर्गमा अनुरोध गरिएको छ ।





प्रतिक्रिया