देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज राष्ट्रियसभा बैठक बस्दैँ

देशान्तर

आज राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त मन्त्रीपरिषद सदस्यहरुको कार्यभार तोकिएको सबन्धी पत्रहरुको ब्योहोरा जानकारी गराउने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

यसैगरी, बैठकमा बिनियोजन विधेयकमाथी मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय माथी छुटाईएको बजेट माथी छलफल हुनेछ ।

साथै, शिक्षा मन्त्री अशोककुमार राईले विधान ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वबिधालय बिधेयक २०७९ माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख रहेको छ ।