देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल श्रीलंका प्रस्थान

देशान्तर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल श्रीलंका प्रस्थान गरेका छन्। श्रीलंकन कम्युनिष्ट पार्टी स्थापनाको ८० औँ वर्ष पुरा भएको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागी हुने आज दिउँसो श्रीलंक प्रस्थान गरेका हुन्।

त्यहाँ आयोजित दक्षिण एसियाली कम्युनिष्ट पार्टी तथा वामपन्थी पार्टीहरूको बैठक तथा कन्फ्रेन्समा सहभागी हुने कार्यक्रम पनि रहेको सचिवालयले जनाएको छ। उनको अनुपस्थितिमा पार्टी कामको संयोजन गर्नका लागि पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालाल तुलाधरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।