देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन हलहरुलाई काठमाडौं महानगरको निर्देशन

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिंदै पत्र काटेको छ ।

फिल्म हलको टिकट डिजिटल प्रणालीमा लैजान र महानगरपालिकालाई पनि पहुँच दिन महानगरले भनेको हो । मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए तीन दिनभित्र त्यसमा महानगरलाई पनि पहुँच दिन भनिएको छ । यस्तै डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाहरुले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा महानगरको राजस्व विभागलाई पहुँच दिलाउन पत्रमा भनिएको छ ।

१७ हलसहित भृकुटीमण्डपको फनपार्कलाई समेत पत्र काटिएको छ । महानगरले पत्र काटेका हलहरुमा बालाजुस्थित अष्टनारायण, कलंकी सिनेमा, गोंगबुको सार्थक इन्टरटेनमेन्ट, चावहिल चुच्चेपाटीको केएल सिटी सिनेमा, नयाँ बानेश्वरको कोर प्लान बिल्डर्स, चावहिलको गोपीकृष्ण मुभिज, कालिमाटीको ओकुलर होल्डिङ्स, दरबारमार्गको दरबार सिनेम्याक्स, न्युरोडको रञ्जना सिनेप्लेक्स, सुन्धाराको सेन्ट्रल सिनेमाज, सुन्धाराकै सिने द सेफ, जमलको विश्वज्योति, कमलादीको सिनेमार्क मुभिज, कमलपोखरीको सिनेस्टार, ठमेलको छाया सिनेमाज्, गोंगबुको ल्होत्से सिनेमा छन् ।