देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गायक रोविनको निधनबारे प्रहरी अनुसन्धान गर्दै

देशान्तर

गायक तथा कलाकार रोविन तामाङको आकस्मिक निधनबारे प्रहरीले अनुसन्धान थालेको छ ।

हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले तामाङले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।

अनुसन्धान भईहरहेको बुढानिलकण्ठ प्रहरीले जनाएको छ । गायक तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन । प्रहरीका अनुसार गायकको शव भेटिदाँ कोठाको ढोका भित्रबाट लागेको थियो ।

तर घटनास्थलमा कुनै सुसाइड नोट नभेटिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारणबारे केही बताउन सकिने प्रहरीको भनाई छ ।