देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु, एक घाइते

देशान्तर

काठमाडौँ ।  गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका –४ का बालराम डाँगी र उनका छोरा टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो । बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उक्त घटनामा बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का का महेन्द्र वली गम्भीर घाइते भएका छन् । गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको छ ।