देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको नीति महाधिवेशन आउँदो दसैँअघि :महामन्त्री शर्मा

देशान्तर

काठमार्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको नीति महाधिवेशन आउँदो दसैँअघि हुने बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित जिल्ला सभापतिहरूको भेलामा उनले यही असार २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकपछि नीति महाधिवेशनको अभियान थालिने बताए ।

“नीति महाधिवेशन दसैँअघि सक्नु छ । त्यसकारण जिल्ला सभापतिहरूसँग यो बैठक आवश्यक भएको हो,” महामन्त्री शर्माले भने, “केन्द्रीय समिति बैठकपश्चात् अभियान सुरु हुन्छ ।”

उनले उपनिर्वाचनपछि नेता–कार्यकर्तामा फरक भावना विकास भएको भन्दै त्यसरी लिनु नपर्ने बताए । कांग्रेसको क्रियाशील सदस्यता वितरणमा अपनाइएको अनलाइन प्रणालीका विषयमा परामर्शसहित प्राविधिक जानकारी दिन जिल्ला सभापतिको भेला गरिएको हो ।