देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनतालाई विश्वास दिन सके २०८४ सालमा कुनै पनि नयाँ पार्टीहरूबाट कांग्रेस डराउनु पर्दैन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनै पनि पार्टीसँग मिले पनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिन सके २०८४ सालमा कुनै पनि नयाँ पार्टीहरूबाट कांग्रेस डराउनु नपर्ने बताए ।

उनले कांग्रेसको मुख्य कुरा मिसन ०८४ हो भने उनले सरकारमा अहिले भएको बेलामा जनताका लागि काम गर्न नसके कांग्रेस विजयी नबन्ने भन्दै सरकारमा रहेका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न आग्रह गरे ।

नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गरे। पार्टी र पार्टीका नेताका बारेमा राम्रो लेख्नुपर्ने उनको भनाइ थियो । नेता पौडेलले चुनावका बेला प्रतिस्पर्धीले सोही पार्टीका विरुद्धमा लेखेको प्रमाण देखाएर टिकट लिएर जाने गरेको भन्दै आफ्नो प्रमाण आफैँले पेस गर्ने काम नगर्न आग्रह गरे ।

नेता पौडेलले टोल, वडा सम्मेलन गरेर पार्टीलाई बलियो बनाउन सुझाव संकलन गर्नुपर्नेमा जोड दिए ।