देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले कांग्रेस मिलेर सरकार बनाउन चाहेपनि तत्काल त्यो असंभव: ढकाल

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाएपनि आफ्नो पार्टी प्रतिपक्षमा बस्ने जनाएका छन् । अहिलेको जनादेशले त्यही दिएको बताउँदै उनले अहिलेसम्म पार्टीको निर्णय यही भएको प्रष्ट पारेका हुन् ।
आजबाट रुपन्देहीको भैरहवामा सुरु भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएका नेता ढकालले
एक पक्षले एमाले कांग्रेस मिलेर सरकार बनाउन चाहेपनि तत्काल त्यो संभव नदेखिएको बताए । लडाकु शिविरमा भएको भ्रष्टाचार प्रकरण बाहिर आउने त्रासले जुनसुकै तरिकाले माओवादी सरकारबाट बाहिर बस्न नचाहेको उनको विश्लेषण थियो ।