गायक विपिन घिमिरेको स्वर शेरबहादुर डीसीको शब्द अनि अर्जुन थापाको संगीत रहेको पिउने बानी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा शेरबहादुर डीसी, विमल अधिकारी, अनु पराजुली र निरज शाक्यको अभिनय रहेको छ ।
सुशील डाँगीले खिचेको भिडियोलाई निरज केसीले सम्पादन गरेका हुन् । स्मृति तिमिल्सिनाले कोरियोग्राफी गरेको भिडियोलाई डीसीले नै निर्देशन गरेका हुन् । एक्सन मिडियाले उत्पादन गरेको भिडियो एक्सन मिडियाकै च्यानलबाट सार्वजनिक गरिएको हो





प्रतिक्रिया