नेकपा एमालेकै कार्यकर्ता भएका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई स्पष्टीकरण नबुझाएको बुझिएको छ ।
मन्त्रालयमा स्पष्टीकरण नबुझाएका अधिकारीले उल्टै सामाजिक सञ्जालमा प्राधिकरण स्वायत्त निकाय रहेको उल्लेख गरेका थिए ।
गत असार ११ गते एक साताको समय दिएर महानिर्देशक अधिकारीलाई पहिलो पटक ९ बुँदे प्रश्न राखेर स्पष्टीकरण सोधिएको थियो । तर, उनले पहिलो स्पष्टीकरण नदिए पनि दोस्रो पटक पनि उनलाई स्पष्टीकरण सोध्दा यस विषयमा पनि उनले जवाफ दिएनन् ।
किराँती माओवादी पार्टीका भएकाले अधिकारी एमाले नेताहरूको छत्रछायामा मनोमानी गर्दै हिँडेका छन् ।
अधिकारी विगतमा अखिलको राजनीति गरेका व्यक्ति हुन भने पछिल्लो समय इन्जिनियरको चुनावमा एमाले प्यानलबाट उम्मेदवार बनेका थिए ।
पोखरा र भैरहवा विमानस्थल निर्माण गर्दा प्रमुख रहेका उनले भ्रष्टाचार गरेको आरोप पनि लाग्ने गरेको छ ।
अधिकारीले योग्यता र क्षमता भन्दा पनि एमालेका नेताहरूको आड भरोसामा जागिर खाइरहेको धेरैको बुझाई रहेको छ । उनले उल्टै मन्त्री किराँतीलाई विभिन्न माध्यमबाट धम्क्याएको नागरिक उड्डयन स्रोतले देशान्तरलाई बताएको छ ।
पछिल्लो समय मन्त्री र अधिकारीको टसल बढ्न थाले पछि अब बस्ने मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्ने तयारी गरेको पनि बुझिएको छ ।





प्रतिक्रिया