काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रतिनिधिसभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुने बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उनले सोमबारको बैठकमा सो विधेयक पेस गर्ने कार्यसूची भए पनि प्रधानमन्त्रीको सम्बोधनका कारण ढिला भएका कारण अर्को बैठकका लागि सारिएको बताइन् ।
मिटर ब्याज पीडितहरूले महिनौँसम्म काठमाडौँका सडकमा धर्ना र सङ्घर्ष गरेपछि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी मिटर ब्याजलाई अनुचित लेनदेनकारुपमा दण्डनीय हुने प्रबन्ध गरी जाँचबुझ आयोगमार्फत काम अघि बढाएको थियो । तर, सरकारले जारी गरेको अध्यादेशलाई प्रतिनिधिसभाबाट प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने कार्यसूची रहेकै दिन प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध भएपछि अध्यादेश निष्क्रिय भएको थियो । सरकारले सो प्रतिस्थापन विधेयकलाई अब विधेयककैरुपमा अघि बढाउने निर्णय गरिसकेको छ ।





प्रतिक्रिया