देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीताको अन्त्येष्टि आजै पशुपतिमा गरिने

देशान्तर

काठमाडौं । प्रधानमन्त्री एबं माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल पत्नी सीता दाहालको आजै (बुधबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ। साथै, आजै दिउँसो २ बजे उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति पुगेको जनाउँदै महासचिव गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पु¥याउनु भएको छ ।’
सीता पार्टी सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेृतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित सम्पूर्ण विशेषता रहेको जनाउँदै माओवादीले भनेको छ,‘उहाँ आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।’

प्रधानमन्त्री पत्नी सीताको आज बिहान ८ बजे ३३ मिनेट जाँदा उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

नर्भिक पुगे शीर्ष नेता
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनको खबरसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू नर्भिक अस्पताल पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा,आरजु राणा देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतसहितका शीर्ष नेताहरू अस्पताल पुगेका हुन् । उनीहरूले पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहालसहित परिवारमा समवेदना दिनुको साथै सीतालाई श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री पत्नी सीताको आज बिहान ८ बजे ३३ मिनेट जाँदा उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।