देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सट्टेवाजको आरोप लागेका कलाकारहरु धरौटीमा रिहा

देशान्तर

काठमाडौं जिल्ला अदालतले अनलाइन बेटिङको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई पक्राउ परेका थिए । यस्तै युट्युबर एलिस राई, जलन घर्ती मगर र गणेश देवकोटा पनि पक्राउ परेका थिए ।

उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै कलाकारहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय, काठमाडौंले जनाएको छ ।