देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनमत पार्टीको केन्द्रीय समिति विस्तार

देशान्तर


काठमाडौं डा । सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।
बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिएका छन् ।

यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ । पार्टीको विधानअनुसार तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल दुई सय १६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ । यसैगरी डा शरद्सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।