काठमाडौं । लोक सेवा आयोगका शाखा अधिकृत मिमबहादुर शाहीलाई विशेष अदालतले भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।
विशेष अदालतका सदस्यहरु यमुना भट्टराई, शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको इजलासले उनलाई ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने आदेश गरेको हो । शाहीले नेपाल बायुसेवा निगमको परीक्षामा सामेल छोरीको उत्तरपुस्तिकमा सच्याएर पास गराएका थिए ।
छोरीले परीक्षा दिँदा शाखा अधिकृत मिमबहादुर शाही लोक सेवा आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखा अन्तर्गत लिखित नतिजा तयारी शाखामा कार्यरत थिए । उनकी छोरीले नेपाल वायुसेवा निगमको सहायक चौथो(खरिदार सरहको) परीक्षा दिएकी थिइन । उनले बदमासी गरेको थाहा पाएपछि लोकसेवा आयोगले कार्यदल बनाएको थियो । कार्यदलले उत्तरपुस्तिका परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो ।





प्रतिक्रिया