देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१० हजार डलरसहित एक बिदेशी नागरिक पक्राउ

देशान्तर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमद रहेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाएर लैजान लागेको १०० दरको १०० थान अमेरिकी डलर फेला परेको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि सोमबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।