देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इलामको बम विस्फोट स्थलमा सेना, मतदान पुनःचालू

देशान्तर

इलाम—स्थानीय तह मतदान भइरहेका बेला इलामको इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालयको मतदान केन्द्रनजिकै बम विष्फोट भएको छ। विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

 

‘अहिले १० बजेर २० मिनेटमा यहाँ बम विष्फोट भएको हो। तर, कुनै हताहती भएन,’ उनले भने, ‘जिल्लाका अन्य सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।’

 

‘अहिले १० बजेर २० मिनेटमा यहाँ बम विष्फोट भएको हो । तर, कुनै हताहती भएन,’ उनले नागरिकन्युजसँग भने, ‘जिल्लाका अन्य सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।’ बम विष्फोट कसले गरायो भन्नेबारे अनुसन्धान भइरहेको नेपाल प्रहरीका डिएसपी महेन्द्र श्रेष्ठले बताए।

 

बम विष्फोट भएको ठाउँमा खाडल परेको छ । मतदानस्थलभन्दा करिब ३० मिटरमा रहेको चियाबारीबीचको सडकमा बम विष्फोट भएको हो । विष्फोटको ठूलो आवाज इलाम बजारको टुँडिखेल र धोविधारसम्म सुनिएको स्थानीयले बताएका छन् ।

 

विष्फोटको ठूलो आवाजले केहीबेर मतदान कार्य प्रभावित भएपनि अहिले पुनः चालू भइसकेको डिएसपी श्रेष्ठले बताए । ‘कुन बम हो, कसले राख्यो भन्नेबारे अनुसन्धान हुँदैछ तर यसले मतदानमा कुनै असर गरेको छैन,’ उनले भने । नेपाली सेनाको टोलीले विष्फोटस्थलको अवलोकन गर्दैछ भने अहिले मतदान पुनः चालू भइसकेको छ।