देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपेन्द्र यादव विरुद्ध निर्वाचन लडेका कुशवाह पार्टीबाट निष्कासित 

देशान्तर

काठमाडौँ, ४ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विरुद्ध उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाह कारबाहीमा परेका छन् ।

उपनिर्वाचनको सङ्घारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार भएका कुशवाहा अनुशासनको कारबाहीमा परेका हुन् । उनी बारा–२ मा जनमतबाट उम्मेदवार थिए । 

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दीपककुमार शाहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुश्वाहालाई पार्टी विरोधी गतिविधि तथा नेतृत्वको विरोधमा विभिन्न  क्रियाकलापमा संलग्न भएको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो । 

यसै गरी, सप्तरीका गुलाब मण्डल र शङ्कर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान् दास यादवलाई भने १ वर्षका लागि निलम्बनमा राखिएको छ।