काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल महिला संघमा अध्यक्ष उषा राउत मिश्रले विधानविपरीत १२ जिल्लाका निर्वाचित समिति भंग गरेको भन्दै २० जना केन्द्रीय सदस्यले असहमति जनाएका छन् ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी शेखर कोइराला पक्षधर महिला नेताहरूले उषा राउतको सो निर्णय फिर्ता नभए देशभर समानान्तर संगठन चलाउने चेतावनी दिएका छन् ।
१२ जिल्ला अध्यक्ष हटाउने निर्णय गर्ने सभापति राउतलाई बर्खास्त गर्न उनीहरूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । ३ दिनभित्र विधानविपरीतका निर्णय नसच्याए देशैभर समानान्तर समिति र गतिविधि गर्ने पत्रकार सम्मेलनमा नेताहरूले बताए ।
पत्रकार सम्मेलनमा राउतले विधानविपरीत १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई बर्खास्त गरेको भन्दै विरोध जनाइएको छ ।





प्रतिक्रिया