देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद् चल्दैन, मात्रै बार्गेनिङ चल्छ : रवि

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेले सदन अवरुद्ध गरेर बार्गेनिङ भने गरेर बसेको भन्दै दुख व्यक्त गरेका छन्। सोमबार सामाजिक सञ्जालमा उनले वर्षौँदेखि देशलाई कसरी प्यारालाइज्ड गरिएको छ भन्ने राम्ररी बुझिएको बताएका छन्।

एमालेले हङकङबाट भित्रिएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ। सोमबार पनि दिउँसो १ बजे निर्धारित संसद् सहमति नभएपछि चल्न सकेन। सहमति नजुटेपछि बैठक दिउँसो साढे ३ बजे बोलाइ ४ बजेसम्मका लागि संसद् स्थगित गरिएको थियो। पुन : बोलाइएको बैठक जारी छ।