देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्व

देशान्तर


काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड अवरुद्व भएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मङ्गलबार दिउँसो सडक भासिँदा अवरुद्व भएको हो । सडक अवरुद्व बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घटनास्थलमा पुगेको प्रहरीले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको जानकारी दिएको छ ।  ठूला सवारीसाधन आवतजावतमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ ।