देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले सांसदले संसद् चल्न दिएनन्, भोलिसम्म स्थगित

देशान्तर

नेकपा एमालेका सांसदले फेरि पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।

आज मङ्गलवार केहीबेरका लागि बैठक चल्न दिएका नेकपा एमालेका सांसदहरूले सय किलो सुन तस्करीको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि फेरि संसद् अवरुद्ध गरेका हुन् ।

एमालेले संसद् अवरुद्ध गर्नुअघि विभिन्न दलका नेताले बोलेका थिए भने गृहमन्त्री श्रेष्ठले पनि जवाफ दिनुभएको थियो । तर फेरि पनि एमालेका सांसदले सिटबाट उठेर नाराबाजी गर्दै बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।