काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ ।
भैरहवाबाट आएको गाडीमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो । घटनाको अनुसन्धानमा थप ७ जना पक्राउ परेका छन् । प्रहरीले भक्तपुरबाट पनि पैसा छाप्न प्रयोग गरिएको मेसिन सहित १५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेकोे छ ।





प्रतिक्रिया