देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोशी प्रदेशमा जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री

देशान्तर

काठमाडौं । कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी छिन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका छन् । कोशी प्रदेशमा उनि जसपाको तर्फ बाट एक्लो सांसद हुन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक–एकजना मन्त्री हुने पूर्व सहमतिअनुसार जसपाकी लिम्बूलाई नियुक्त गरेका हुन्। यसअघि थापाले कांग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री बनाइसकेका छन् ।