देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिम्रिकले तीन दिनपछि उडान अनुमति पायो

देशान्तर

काठमाडौं । सिम्रिकले तीन दिनपछि उडान अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सबै बक्यौता रकम बुझाएपछि सिम्रिकले आइतबार अपराह्न ४ बजेदेखि लागु हुने गरी उडान अनुमति पाएको हो । सिम्रिकले प्राधिकरणलाई ५५ लाख १२ हजार रुपैयाँ तिर्नुपर्ने थियो ।
प्राधिकरणले गएको शुक्रबार सिम्रिकका सबै उडानमा रोक लगाएको थियो।