देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा विभिन्न बैंकमा कार्यरत ६ जना पक्राउ

देशान्तर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा विभिन्न बैंकमा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले गोप्य राखेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली डाक्टरमाथि अपरेसन जारी राखेको छ । सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीस गरेका आठजनालाई पक्राउ गरेको छ ।