काठमाडौँ । जापानमा हुने स्मार्ट शहरहरूसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह सहित नेपालका तीन नगर प्रमुख सहभगाी हुने भएका छन् ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख शाह, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र परशुराम नगरपालिका प्रमुख भरत जोशीलाई सहभागिताका लागि आमन्त्रण गरिएको हो ।
संयुक्त राष्ट्र क्षेत्रीय अनुसन्धान केन्द्रद्वारा आयोजित उक्त कार्यक्रम जापानको नागोयामा २९ अगस्ट र १ सेप्टेम्बरमा हुने छ । प्रशिक्षण कार्यशालामा समावेशी, लचिलो, दिगो शहर र समुदाय निर्माणका लागि स्मार्ट शहरहरूसम्बन्धी छलफल हुनेछ । उनीहरु सहभागी कार्यशालमा अन्य देशका १८ सहरका प्रमुखपनि सहभागी हुने छन् ।





प्रतिक्रिया