देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वप्रधानमन्त्री ओली यही वर्ष पक्राउ पर्ने नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरीको ठोकुवा

देशान्तर

काठमाडौं । नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने ठोकुवा गरेका छन् ।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाए ।

उनले राष्ट्रपति निवासमा गृहमन्त्रीसँग पनि सुन काण्डमा केपी ओलीको नाम आइसकेको र जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा नाम आएकोले किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका उल्लेख गरे । चौधरीले केपी ओली चाँडै पक्राउ पर्ने र त्यसकै डरले केपी ओलीले संसदमा अवरोध गर्ने बखेडा झिकिरहेको बताए । पक्राउ पर्ने डरले ओलीले संसद अवरुद्ध गरिरहेको उनको दाबी छ ।