देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गौरीशङ्कर टोलमा नवनिर्मित हनुमन्तेश्वर महादेव मन्दिरको प्राण प्रतिष्थापन

देशान्तर

भक्तपुर। भक्तपुरको सूर्य विनायक नगरपालिका ३ मा रहेको  ब्रम्हनगर , गौरीशङ्कर टोलमा नवनिर्मित हनुमन्तेश्वर महादेव मन्दिरको प्राण प्रतिष्थापन गरिएको छ । 

आइतबार उक्त मन्दिरको ९१ वर्षीय समाजसेवी कोमल विक्रम राणाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूजा तथा प्राण प्रतिष्थापन गरी मन्दिरको शुभारम्भ गरिएको हो । आइतबार भएको यज्ञमा प्रमुख अतिथि राणाले पहिलो चरु हवन गरेपछि मन्दिरको पूजा सुरु गरिएको थियो । 

विभिन्न दानवीर दाताहरूको आर्थिक सहयोग एवम् जग्गा दान बाट निर्मित उक्त मन्दिरको लागत विवरण भने सङ्कलन भइरहेको र कहिदिनमा सार्वजनिक गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

उक्त मन्दिरमा अव नियमित पूजा पाठ र धार्मिक अनुष्ठान हुने र यसको औपचारिक उद्घाटन भने भव्य समारोहबिच गरिने पनि मन्दिर व्यवस्थापन समितिका सदस्यले जनाकारी दिएका छन् ।