देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतमा पहिरोमा परी तीन नेपालीको मृत्यु

देशान्तर

दार्चुला । भारतमा पहिरोमा परेर बिहीबार तीन जना नेपालीको मृत्यु भएको छ। भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो। घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन्।

मृत्यु हुनेमा दार्चुलाको दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए। उक्त घटनामा परी तीन भारतीय नागरिकको समेत मृत्यु भएको छ।

घाइते नेपालीको भारतको धारचुलास्थित अस्पतालमा उपचार भइरहेको छ। भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा फर्किदै गरेका नेपाली पहिरोमा परेका हुन्। रासस