काठमाडौं । व्यापारी सुधीर बस्नेतको कोहिनुर हिल्स हाउजिङ लिलाम हुने भएको छ ।
ललितपुरको इमाडोलमा रहेको निर्माणाधीन हाउजिङको जग्गा र भवन लिलाम गर्न ऋण दाता कर्मचारी सञ्चय कोषले बिहीबार सार्वजनिक सूचना आह्वान गरेको हो ।
१० रोपनी ९ आना २ पैसा जग्गा र उक्त जग्गामा बनेको कोहिनुर हिल्स हाउजिङका भवनहरुको लिलामी प्रक्रिया अघि बढाइएको कोषको सूचनामा उल्लेख छ ।
ऋण र त्यसको ब्याजसहितको भुक्तानी समयमै नतिरिएको कोषले जनाएको छ । लिलामी गरेर ऋण असुल गर्नुपर्ने भन्दै कोषले लिलामी सकार्न ३५ दिनको समय अवधि तोकेको छ ।
कोषलाई बस्नेतले हाउजिङका लागि लिएको २३ करोड र त्यसको सावाँ तथा ब्याजसहित करिब १ अर्ब रुपैयाँ तिर्नुपर्ने दायित्व छ ।





प्रतिक्रिया