देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनसरीमा आफ्नै कोठामा लगेर महिलाको हत्या

देशान्तर

सुनसरी । आफ्नै कोठामा लगेर महिलाको हत्या गरेको अभियोगमा सुनसरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-९ घर भएका २७ वर्षीय कर्मराज परियार रहेका छन्।

इटहरी उपमहानगरपालिका-२ बशन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

लेनदेनको विषयलाई लिएर विवाद भएपछि परियारले आफ्नै कोठमा लगि यशोदाको हत्या गरेको भन्ने खबर पाएपछि प्रहरीले परियारलाई पक्राउ गरेर अनुसन्धान हो।