देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान भएको छ । आज बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।